विद्यालय परिचय


आगामी कार्यक्रम

श्री नेपाल राष्ट्रिय इन्दिरा भुसाल माध्यमिक विद्यालय बर्दिया जिल्ला साविक मैनापोखर गा.वि.स. वडा नं. ३ हाल बढैयाताल गा.पा. वडा नं. ५ बढैया गाउँमा पर्छ । यो विद्यालय २०१५ साल माघ ११ गते स्थापना भएको हो । शैक्षिक शत्र २०६५ साल बैशाख महिनादेखि नि.मा.वि. तहको कक्षा सञ्चालन भई हाल मा.वि. सञ्चालनमा छ । २०७४ सालदेखि अभिभावकले धान चन्दा दिएर शिक्षक नियुक्ती गरेका छन् । यो विद्यालयको साविक नाम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय थियो । तर भुसाल परिवारले स्वर्गीय इन्दिरा भुसालको नाममा रु३५ लाख चन्दा दिएपछि नाम परिवर्तन भएको हो । यहाँ अधिकांश थारु समुदायका बालबालिका अध्ययनरत छन् ।